युनिकोड नेपालीमा कमेन्ट लेख्न चाहनुहुन्छ?
Except where otherwise noted, this site is licensed under a Creative Commons Attribution 2.5 License.
|
By Salokya, on July 30th, 2010
 फैसलापछि आक्रोशित निहिता। फोटो सौजन्यः गोपाल चित्रकार/रोयटर्स
सर्वोच्च अदालतले पाँच वर्षदेखि अदालतमा चलिरहेको मुद्दामा अन्तिम फैसला सुनाउँदै कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्ल्स शोभराजलाई दोषी ठहर गरेको छ। सर्वोच्चको फैसलापछि उनी अब अझै १४ वर्ष नेपाली जेलमा कोचिने भएका छन्। अपराध गरेर उन्मुक्ति पाउँछु भनी सोच्नेहरुलाई यो एउटा गतिलो झापड हो। ३ दशकअघि उनको हातबाट मारिएकी अमेरिकी नागरिक कोन्निजो ब्रोनचिजको आत्मालाई बल्ल आफ्ना दोषीले सजाय पाएको देखेर शान्ति महसूस भयो होला।
पाँच वर्षदेखि सर्वोच्चमा झुण्डिरहेको यो मुद्दामा आज पनि फैसला होला कि नहोला निश्चित थिएन। नेपालको अदालतमा चल्ने घुसखोरीका समाचारहरुका कारण ‘नेपालको एअरपोर्टबाट हात्ती नै छिराइदिन्छु’ भनी शान देखाउने शोभराज रिहा त हुने हैनन् भन्ने आशंका धेरैले गरेका थिए। असार ३० गते नै गर्ने भनिएको यो मुद्दाको फैसला आज सारिएपछि त्यस्तो आशंका गर्नेहरु झन् बढेका थिए। तर अन्ततः न्यायधीशद्वय रामकुमारप्रसाद शाह र गौरी ढकालको संयुक्त इजलासले उनलाई हत्याको दोषी भन्दै सर्वस्वसहित जन्मकैद गर्ने पुनरावेदन अदालतकै फैसलालाई सदर गर्ने अन्तिम निर्णय आज गरेको हो। Continue reading शोभराज अझै १४ वर्ष जेल मै कोचिने
By Salokya, on July 30th, 2010
अस्ति राति भारतीय सीमा सुरक्षा बल (एसएसबी)का सुरक्षाकर्मीले महोत्तरी जिल्लाको सम्सीमा प्रवेश गरी नेपाल प्रहरीका तीनजना जवानलाई कुटपिट गरे। त्यसको विरोधमा स्थानीयवासीले स्वस्फूर्तरुपमा हिजो सम्सी बजार बन्द गरे।
सीमा क्षेत्रमा भारतीय सुरक्षाकर्मीको बलमिच्याइँ अनि अतिक्रमणको शृङ्खला लामो छ। नेताहरु लाचार छन्। यसैलाई कथावस्तु बनाएर एउटा फिल्म बनेको छ- दशगजा। राजेश हमालको प्रमुख भूमिका रहेको यो फिल्म अझै सार्वजनिक प्रदर्शनमा आइसकेको छैन। हिजो गोपीकृष्ण हलमा यसको प्रिमियर गरिएको थियो। शेर्पावर्ल्ड डट कमका छिरिङ् तेन्जिङ् शेर्पा (गोपर्मा)ले यो फिल्मका केही दृश्य युट्युबमा अपलोड गरेका छन्। आउनुस्, हेरौँ ‘दशगजा’का केही दृश्य। Continue reading सीमा अतिक्रमणविरुद्ध फिल्म
By Salokya, on July 30th, 2010
अपडेटः सर्वोच्चले झलनाथ खनालको उम्मेदवारी पुनः कायम गर्न पाउनु पर्ने भन्दै परेको रिटलाई खारेज गरिदिएको छ आज। योसँगै कानुनी चलखेल गरेर प्रधानमन्त्री बन्न पाउँला कि भन्ने खनालको आशा निराशामा परिणत भएको छ।
बहुमत पुगेका उम्मेदवारको उम्मेदवारी फिर्ता लिने, अनि बहुमत पुग्नै नसक्ने उम्मेदवारहरुलाई मैदानमा राखेर पटक पटक परिणामविहीन निर्वाचन गराइराखेको अवस्था छ अहिले। यस्तो राजनीतिक गतिरोधको बेला एमालेका कानुन हेर्ने सदस्यले सर्वोच्चमा मुद्दा हालेर कानुनी झमेलामा राजनीतिलाई फँसाएका छन्।
कुमार आचार्य, भविश्वर गुरुङ्, रमेशप्रसाद खनाललगायतले सर्वोच्चमा झलनाथ खनालको उम्मेदवारी उनका प्रस्तावक प्रधानमन्त्री माधवकुमार नेपालले फिर्ता लिनु गैरकानुनी हो भन्दै मुद्दा हालेका हुन्। राजनीतिलाई अदालतमा लगेर जोडिएको यो घटनालाई विभिन्न व्यक्तिले विभिन्न ढंगले हेरेका छन्। कोही यस्तो मुद्दा दर्तै गर्न हुन्नथियो भन्छन्, कोही ठीकै हो भन्छन्। हाम्रो अदालतको पारा तपाईँ हामीले देख्दै आएका हौँ। अस्ति भर्खर न्यायाधीशले घुस खाएर अपहरणको अभियोग लागेकालाई छाडेको भन्दै न्यायपरिषदले एक न्यायाधीश र सरकारी वकीललाई कारबाही गरेको। अनि उतिबेला राजनीतिक मुद्दामा फैसला गर्दा गिरिजाले संसद भंग गर्नु ठीक तर मनमोहनले गर्नु संविधानविपरीत भनी फैसला दिएको। तपाईँलाई के लाग्छ, झलनाथ खनालको उम्मेदवारी फिर्ता विवादलाई अदालतमा पुर्याउनु कतिको ठीक लाग्छ? अब तपाईँको पालो- आफ्नो विचार संक्षेपमा लेख्नुहोला। Continue reading अदालत अघि आउनु ठीक हो?
By mysansar, on July 29th, 2010
आदरणीय सभासद ज्यूहरु
कृपया आत्महत्याको प्रयास नगर्नुहोला। नयाँ प्रधानमन्त्री को बन्छ भन्ने अड्कलबाजीमा व्यस्त रहेका बेला हामीले नेकपा मालेकी सभासद शारदा नेपालीले गरेको आत्महत्याको प्रयासमा खासै ध्यान पुर्याउन सकेनौं। तर पनि तपाइहरुलाई पुरै वेवास्ता गरेको भने होइन। केही टेलिभिजन र दैनिक पत्रिकाहरूले सभासद नेपालीको आत्महत्याको प्रयासलाई समाचार बनाएका पनि हुन्। त्यत्ति हो उहाँको मनोदशाको विश्लेषण कतै पढ्न, सुन्न र हेर्न तपाइहरुले पाउनुभएन। त्यसैले म त्यस्को जमर्को गर्दैछु।
नेपालमा आजभोलि सबैभन्दा गाली गरिने कोही छन् भने त्यो तपाइँहरु नै हो, ६ सय १ सभासद्। हरेक चोक, चिया-पसल, भेटघाट, बैठक, सेमिनार, ब्लग, फेसबुक, टिवटर, पत्रपत्रिकामा छापिने लेख, टेलिभिजन, रेडियोमा प्रसारित हुने समाग्रीका कहिले धेरै त कहिले थोरै स्थान तपाई सभासदहरुलाई गाली गर्नमा खर्च भएका छन्। Continue reading आत्महत्या नगर्नुस् है प्लिज
By Salokya, on July 28th, 2010
न्युज २४ टिभीमा हिजो राति एउटा एक्सक्लुसिभ अन्तर्वार्ता बजेको थियो। अन्तर्वार्ता थियो कालीबहादुर खामको। उनै खाम जसलाई प्रहरीले मोस्ट वान्टेड सूचिमा राखेर खोजी गरिरहेको भनिएको छ। अन्तर्वार्ता हेर्दा लाग्यो- हामी यो कस्तो देशमा बसिरहेका छौँ, जहाँ प्रहरी, नेता सबका सब जनतालाई झुठ बोलेर नाटक गरिरहेका हुँदा रहेछन्। कस्तो सरकार रहेछ हाम्रो देशमा?
खामले सीधै प्रहरीलाई चुनौति दिए- म कहाँ छु, के गरिरहेको छु, प्रहरीलाई राम्रैसँग थाहा छ। तर मलाई पक्रनको लागि प्रहरीले ठूलो शक्ति लगाएर नाटक गरिरहेको छ। हुन पनि न्युज २४ टिभीले खामलाई प्रहरी चौकी नजिकैको घरमा निर्धक्कका साथ काम गरिरहेको अवस्थामा अन्तर्वार्ता लिएको रे। भूमिगत शैलि केही पनि देखेन रे न्युज २४ को टिमले। त्यसो हो भने अहिले नै पक्रिहाल्छौँ, भरे नै पक्रिहाल्छौँ भनेर प्रहरीले जनतालाई के नाटक देखाएको यो? Continue reading खामले दिए प्रहरी प्रशासनलाई चुनौति
By Salokya, on July 28th, 2010
प्रतिबन्ध लगाउँदा लगाउँदै ३० हजार नेपाली इराक पुगेछन्, सरकारलाई पत्तै भएन। प्रतिबन्धित देशका नागरिकलाई हटाउने भन्ने खबर मिडिया आएपछि हजारौँ नेपालीको रोजगारीप्रति सरकारले चासो देखायो र प्रतिबन्ध हटायो। अब नेपालीको पासपोर्टमा इराक बाहेक भनी छाप हान्ने प्रणाली हट्नेछ। अब अवैधानिक रुपमा हैन, वैधानिक रुपमा नै इराक जान पाइने भएको छ। भन्नलाई त सरकारले नयाँ कामदारलाई खुला नगरेको भनेको छ। तर अवैध हुँदा त ३० हजार पुग्नलाई रोक्न नसक्ने सरकारले वैधानिक हुँदा कसरी रोक्न सक्ने हो! इराकबाट अमेरिकी सेनाको संख्या घटाउँदै लैजाँदा दलाललाई लाखौँ खुवाई धेरै कमाउने लोभमा इराक जानेहरुको स्थिति के होला? अमेरिकी बेसबाहेक अरु जोखिमयुक्त स्थानमा काम गर्ने नेपालीको भविष्य कस्तो होला?
इराकमा जान लगाइएको प्रतिबन्ध हटाउने सरकारी निर्णय कस्तो लाग्यो? अब सरकारले के गर्नुपर्ला ? आफ्नो विचार राख्नुहोला। Continue reading इराकको प्रतिबन्ध हट्यो, तर समस्या सकियो त?
By श्रवण खनाल/फिनल्यान्ड, on July 28th, 2010
श्रवण खनाल, फिन्ल्यान्ड
संसारमा सायद नेपालमात्र यस्तो देश होला जहाँ अपराधीलाई कारबाही गरुँ है भनेर अनुमति लिन गृहमन्त्री बिपक्षी दलका नेताको निबास पुग्छन। कस्तो गजबको संस्कारको बिकास गर्दैछौं हामीले। प्रसङ्ग केहि दिन अघिको हो- यार्चागुम्बाको ब्यापार गर्ने चिनिया ब्यापारीमाथि भएको लुटपाटको छानबिनमा कालीबहादुर खाम नाम गरेका व्यक्ति संलग्न रहेको अनुमान गरेछ प्रहरीले। उनी माओबादीका लडाकुका कमाण्डर। अनि त के चाहियो प्रहरीलाई, जानुभएछ प्रहरी प्रसाशनका उच्च दर्जाका व्यक्ति अर्थात गृहमन्त्री उता माओबादीका उच्च दर्जाका नेता अर्थात प्रचण्डको निवासमा। यहाँभन्दा ठूलो कानूनी राज्यको उपहास के हुन सक्छ? यो भन्दा बढि नेपाली जनताले तिरेको करको अपमान के हुन सक्छ?
Continue reading खोई त कानुनी राज्य
By Salokya, on July 27th, 2010
देश कामचलाउ सरकारको हातमा पुगेको एक महिना हुन लागिसक्यो तर नयाँ सरकार बन्ने छाँटकाँट छैन। संसदमा कसैले पनि बहुमत पुर्याउन सकेका छैनन् दुई पटक चुनाव भइसक्यो, १७ गते तेस्रो पटक हुँदैछ। एमाले तटस्थ बस्ने भनेपछि काँग्रेस उम्मेदवारले बाँकी सबै सांसद मिल्दा पनि ३०१ पुर्याउन सक्दैनन्। फोरमले सहयोग नगरेसम्म माओवादीले कुनै हालतमा बहुमत पुर्याउन सक्दैन। अहिले कै स्थितिमा एमाले र फोरम दुवै तटस्थ बस्ने भएका छन्।
तपाईँलाई के लाग्छ, यस्तो निर्णय नहुने गरी चुनाव पटक पटक गराइराख्नु राम्रो कि अर्कै उपाय रोज्नु राम्रो? अब तपाईँको पालो- आफ्नो विचार संक्षेपमा लेख्नुहोला। Continue reading चुनाव गराइराख्ने कि अर्को उपाय रोज्ने?
By Salokya, on July 26th, 2010
१५ दिनभित्र ३० हजार नेपाली एकै साथ बेरोजगार हुँदैछन्। ती त्यस्ता नेपाली हुन्, जसले सरकारी प्रतिबन्धको बेवास्ता गर्दै आफ्नो ज्यान जोखिममा मोल्दै युद्धग्रस्त देश इराकलाई आफ्नो गन्तव्य रोजे। अमेरिकी सेनाको इराक सेन्ट्रल कमान्डले २० जुलाईमा एउटा चिठी पठाउँदै नेपाली र फिलिपिनो कामदारहरुलाई घर फर्काउन सबै कम्पनीलाई आदेश दिएपछि यस्तो अभाव भएको हो। पासपोर्टमा नै ‘इराकमा जान नहुने’ लेखिएको हुन्छ नेपाल र फिलिपिन्सको पासपोर्टमा। त्यसो हुँदाहुँदै पनि चोरबाटोबाट इराकमा पुगेर काम गरिरहेकाहरुप्रति अमेरिकी सेन्ट्रल कमान्डले चासो देखाएको हो। इराकमा रहेका नेपालीहरु भने अहिले नै देश फर्कन चाहँदैनन्। सरकारप्रति उनीहरुको झिनो आशा छ- प्रतिबन्ध हटाइदेला कि भने। त्यसो नगरे नेपाल फर्कनु पर्ने अनि यहाँ आएर के गर्ने भन्नेमा अन्यौल छ। उनीहरु यति मात्र भन्न चाहन्छन् सरकारलाई- गरी खान देऊ!
इराकमा रहेका दुई नेपाली ध्रुव दाहाल र तुलसी श्रेष्ठ यसो भन्छन्-
Continue reading इराकका नेपाली भन्छन्- गरी खान देऊ!
By mysansar, on July 26th, 2010
-सीबी अधिकारी-
तपाईँ युवती हुनुहुन्छ? अनि चिटिक्क परेर घर बाहिर कुनै पनि काममा निक्लँदै हुनुहुन्छ? सावधान, रहनुहोस् किनकि तपाईँ जनुसुकैबेला अपहरणमा पर्न सक्नुहुन्छ।
राजधानीमा यस्तो गिरोह पत्ता लागेको छ कि जुन गिरोहको नजरमा तपाइँ पर्नुभयो भने तपाईँको जीवन बर्बादीमा मात्र हैन सिङ्गो समाज नै अप्ठ्यारोमा पर्नसक्छ।
ललितपुर प्रहरीले पहिलो पटक पक्राउ गरी आज सार्वजनिक गरेको एउटा घटना विवरण सुन्दा सामान्य लाग्न सक्छ, तर त्यसको गहिराइमा पुगेर अध्ययन अनुसन्धान गर्ने हो भने त्यसले सिङ्गो राज्यलाई नै चुनौती दिइरहेको छ। ललितपुर प्रहरीले पहिलो पटक सार्वजनिक गरेको उक्त खतरनाक गिरोहमा संलग्न एक युवक र तीन युवती को कुकृत्यलाई मात्र बुझे पुग्छ।
Continue reading काठमाडौँमा यस्तो डरलाग्दो पनि गिरोह!
|
Connect with Facebook
|
Recent Comments